नेपालले एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने

काठमाडौं । नेपालले एसिया कप क्रिकेटमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने छ ।
पाकिस्तानमा प्रतियोगिताकै पहिलो खेल खेलेर नेपाल श्रीलंका जाने र त्यहाँ दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग खेल्ने छ । यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलमा आयोजना गर्ने निर्णय एसियन क्रिकेट काउन्सिलले गरेको छ ।
प्रतियोगितामा एसियाका पाँच टेष्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १३ खेल हुनेछन् । त्यसमध्ये पाकिस्तानमा ४ खेल हुनेछ भने बाँकी ९ खेल श्रीलंकामा खेलाइने एसीसीले प्रकाशित खेल तालिकामा उल्लेख छ ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । समूह विजेता र उपविजेता सुपर फोरमा पुग्ने छन् । र सुपर फोरका शीर्ष २ टिमबीच फाइनल हुनेछ ।
नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले इतिहासमा पहिलो पटक एसिया कप खेल्ने अवसर पाएको हो ।
















कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया