बिहीबार, माघ २२, २०८२

बरामद एक क्विण्टल सुनबारे छानबिन गर्न समिति गठन

मेरोन्यूज २०८० साउन ४ गते १२:००

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्विण्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ ।

गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।

गत बुधबार राजस्व अनुसन्धान विभागको टोलीले विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो ।

बरामद सुन तौलिन नेपाल राष्ट्र बैंक पठाइएको छ । उक्त प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
 

प्रतिक्रिया