एक क्वीन्टल सुन तस्करीमा गृहमन्त्री संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई

काठमाडौँ । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिब एक क्वीण्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् ।
सांसद भट्टराईले उक्त प्रकरणमा ठूलाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास आफूहरुलाई नभएको बताए । उनले सुन तस्करहरूले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेको समेत बताए ।
‘हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ, बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ, पावरमा भएकाहरू जोडिदासमेत छानविन भएको छैन,’ सांसद भट्टराईले भने, ‘जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ, भर्खरै समातिएको करिब एक क्वीन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरु आएका छन् ।’
सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको दाबी गरे ।
















आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया