सामान्य प्रशासनमन्त्री मोदीले गरे राष्ट्रिय किताबखानाको आकस्मिक अनुगमन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् ।
बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका हुन् । किताबखानामा मन्त्री मोदीको यो दोश्रोपटकको छड्के अनुगमन हो ।
अनुगमनका क्रममा मन्त्री मोदीले कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए । उनले कर्मचारीहरु समयमा कर्यालयमा हाजिर भएका छन् कि छैनन्, कार्यकक्षमा कर्मचारीहरु छन् कि छैनन् ? लगायतका विषयमा चासो राखेका थिए ।
सेवाग्राहीलाई भेटेर पनि मन्त्री मोदीले किताबखानाको सेवा प्रवाहबारे जानकारी लिएका थिए । सेवाग्राहीसँग मन्त्री मोदीको जिज्ञासा थियो, ‘कर्मचारीबाट सेवा लिने क्रममा तपाईहरुसँग कस्तो व्यवहार भएको छ र प्राप्त सेवाबाट सन्तुष्ट हुनुहुन्छ ?’
सबै कार्यालय कक्षको अवलोकन पश्चात मन्त्री मोदीले किताबखानालाई अझ व्यवस्थित र सुदृढ बनाउनका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफू तयार रहेको बताए ।
‘म यहाँ आजसमेत गरी दुईपटक आकस्मिक अनुगमनमा आए, तपाईहरुले मलाई के गर्दा किताबखानाको सेवा प्रवाह अझ व्यवस्थित र सुदृढ हुन्छ सुझाव दिनुहोला, मन्त्रालय तपाईहरुलाई सहयोग गर्न तयार छ’ मन्त्री मोदीले भने ।
अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत् जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने गरेको छु ।’ उनले आफ्नो लागि सबै दर्जाका कर्मचारी समान भएकाले साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम नगर्ने बताए ।
मन्त्री मोदीले आफूले सुशासन कायम गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘सुशासन मुखले बोलेर होइन, व्यवहारबाट कार्यान्वयन गरेर मात्रै स्थापित गर्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि तपाई हामी सबैका व्यवहारमा सेवाग्राहीले अनूभुति गर्नेगरी परिवर्तन गर्न आवश्यक छ ।’
उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।
मन्त्री मोदीले यसअघि मन्त्रालयमा पनि ४ पटकपटक आकस्मिक अनुगमन गरेका थिए । त्यसअघि दुईपटक उनले निजामती कर्मचारी अस्पतालको पनि आकस्मिक अनुगमन गरिसकेका छन् ।
किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सन पट्टा बनाउने र सम्पति विवरण लिने कार्य गर्दछ । हाल निजामती सेवामा पुरूष ६१ हजार ९ सय ९जना र महिला २३ हजार ९ सय ३४ जना गरी कुल ८५ हजार ८ सय ४३ कर्मचारी कार्यरत छन् ।
















छोरी जन्माउने अभिभावकलाईबेल्डाँडी गाउँपालिकाले तीन हजार प्रोत्साहन भत्ता दीने
राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता
जलेको पुर्खौली घरमा पाँच महिनापछि पुगे रमेश लेखक
चुनावी घोषणपत्रमा समेटिएला नदी संरक्षणका मुद्दा ?
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया