सरकारले गर्यो १० सचिवको सरुवा

काठमाडौँ । सरकारले १० सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले १० सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार सचिव मधुसुदन बुर्लाकोटीको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ । बागमती प्रदेशको मुख्यसचिव रहेका मुकुन्द निरौलालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव बनाइएको छ भने सुर्य गौतमलाई निर्वाचन आयोगमा पठाइएको छ । निर्वाचन आयोगमा सचिव रहेका गोकर्णमणि दवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
सचिव तोयम रायलाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव बनाइएको छ । भने गोपी खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।
भर्खरै सचिवमा बढुवा भएका घनश्याम उपाध्यायलाई बागमती प्रदेशको मुख्यसचिवमा पदस्थापन गरिएको छ । लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशको मुख्यसचिव बनाइएको छ ।


















होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया