पिएसजी-एम्बाप्पे विवाद उत्कर्षमा

काठमाडौँ । फ्रेन्च क्लब पिएसजी र स्टार फुटबलर किलीयन एम्बाप्पेबीचको विवाद बढेको छ ।
पिएसजीले एम्बाप्पेसँग सम्झौता नवीकरणको विवाद जारी रहेका बेला उनलाई क्लबको जापान प्रि-सिजन टूरबाट बाहिर राखेको छ ।
मिडिया रिपोर्टका अनुसार पिएसजीले एम्बाप्पेलाई एक बर्षका लागि सम्झौता नवीकरण गर्न दबाब बनाइरहेको छ । साथै क्लबको एम्बाप्पेले अर्को बर्ष रियल म्याड्रिड फ्री-ट्रान्सफरमा जनाए गरि सम्झौता गरिसकेको अनुमान गरेको बुझाइ छ ।
सोहि कारणले पिएसजीले एम्बाप्पेलाई क्लबमा खेल्न नदिने र उनी अहिले नै विक्रिमा रहेको सन्देस दिन जापान टूरबाट बाहिर राखेको मिडिया रिपोर्टमा बताइएको छ ।
पिएसजीले एम्बाप्पेलाई कुनै पनि अवस्थामा फ्री ट्रान्सफरमा पठाउन नचाहेकोले उनलाई यसै ट्रान्सफर विन्डोमा बेच्न चाहेको छ । रिपोर्टका अनुसार एम्बाप्पेले क्लबमा सम्झौता नवीकरण नगरेसम्म यस सिजन पुरै बेन्चमै राख्न समेत तयार रहेको छ ।
त्यस्तै अर्कोतर्फ क्लबले एम्बाप्पेका लागि कम्तिमा १९४ मिलियनको मुल्य राखेको छ । अहिलेको अवस्थामा एम्बाप्पेका लागि यो मुल्य तिर्न सक्ने क्लब रियल म्याड्रिड मात्र भएको देखिएको छ । तर रियल म्याड्रिडले अर्को बर्ष फ्री ट्रान्सफरमा भित्र्याउन अहिले पिएसजीसँग एम्बाप्पेका विषयमा कुनै कुराकानी गरिरहेको छैन ।
एम्बाप्पेका लागि अन्य क्लबको अफर रहेपनि त्यो स्पष्ट नरहेको बताइएको छ । प्रिमियर लिग क्लब लिभरपुलप्रति एम्बाप्पेको पनि झुकाव रहेको बताइएको छ ।
तर एम्बाप्पे प्रकरणमा पिएसजी र खेलाडी दुवैले एक अर्काविरुद्ध दबाब बनाइरहेकोले यो विषय रोचक हुने देखिएको छ ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया