बिहीबार, माघ २२, २०८२

धनगढीबाट लागू औषधसहित तीन जना पक्राउ

मेरोन्यूज २०८० साउन ७ गते १८:५५

काठमाडौँ । कैलालीको धनगढीबाट लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगर ३ ब्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागू औषधसहित धनगढी उपमहानगर ४ का ३७ वर्षीय विरेन्द्र खड्कासहित तीन जना पक्राउ परेका हुन् ।

लागू औषधसहित तीनै जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागू औषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया