बिहीबार, माघ २२, २०८२

एयरपोर्टबाट सुन बाहिरिएकोबारे अनुसन्धान गर्न प्रहरीले राजस्वमा खटायो एसपी पंगेनी

मेरोन्यूज २०८० साउन ८ गते २१:०१

काठमाडौँ । हङकङबाट भित्रिएको सय किलो तस्करीको सुनबारे अनुसन्धान गर्न नेपाली प्रहरीका उपरीक्षक कृष्णप्रसाद पंगेनी खटिएका छन् ।

सुन प्रकरणको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले प्रहरीसँग सहयोग मागेपछि प्रहरीले एसपी पंगेनीलाई खटाएको हो । राजस्व अनुसन्धान विभागले सहयोग माग्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि सोमबार पंगेनीलाई पठाइएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

पंगेनी प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। उनी त्यसअघि महोत्तरी जिल्ला इन्चार्ज थिए भने उपत्यका अपराध अनुसन्धान ब्यूरो मिन भवनमा पनि काम गरेका थिए।

अहिलेसम्म सुन प्रकरण राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरीको सहयोगमा अनुसन्धान गरिरहेको थियो।

साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब सय किलो सुन बरामद गरेको थियो। भन्सार जाँचपास भइसकेको अवस्थामा सुन बरामद भएको थियो।

यस प्रकरणमा १६ जना पक्राउ परिसकेका छन्।

प्रतिक्रिया