पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ?
मेरोन्यूज
२०८० साउन ९ गते ११:२५

काठमाडौँ। अबिरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका जिल्लामा सडक अवरुद्ध भएका छन् ।
पहिरो खसेका कारण बुटवल–पाल्पा, गोरुसिङ्गे–सन्धिखर्क र भालुवाङ–प्यूठान सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल–पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध छ ।
उता, अर्घाखाँचीको शीतगङ्गा–१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिङ्गे–सन्धिखर्क सडक दुई ठाउँमा अवरुद्ध भएको छ ।
यस्तै प्यूठानको माण्डवी–१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ–प्यूठान सडक अवरुद्ध भएको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया