टाटा जेन्युन् स्पेयर पार्ट्सको मूल्य घट्यो

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी कम्पनीले टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ ।
हाल विद्यमान प्रतिकूल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्युन् पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो ।
अब ग्राहकरूले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्युन् पार्ट्सहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप टाटा जेन्युन् पार्ट्सको मूल्य घटाइएको हो ।
अब टाटा कमर्सियल गाडीका ग्राहकहरूले सिप्रदीका वर्कशपहरूमा अनुभवी तथा दक्ष प्रविधिकहरूबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युन् पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् । मूल्य समायोजनपश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने कम्पनीको विश्वास छ ।
समायोजित मूल्य यही साउनबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युन् पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको कम्पनीले जनाएको छ ।
साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्युन् पार्टस्हरूमा ६ महिना वा ५०,००० कि।मि। सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ ।
अन्य सेवाहरू तथा थप जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने सिप्रदीले जनाएको छ ।
देशकै ठूलो प्रतिष्ठित ब्रान्ड सिप्रदी टेड्रिङ्ग मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ४१ वर्षदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरू तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । सन् १९८२ देखि टाटा मोटर्स्को एक मात्र विक्रेता सिप्रदी टेड्रिङ्ग आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो ।
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गर्दै इरानद्वारा युद्धोन्मुख चेतावनी जारी
‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता















ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया