नेप्से परिसूचकमा ३६ दशमलव १९ अंकको गिरावट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मंगलबार घटेको छ ।
सोमबार २६ अंकले घटेको नेप्से परिसूचक मंगलबा (आज) ३६ दशमलव १९ अंकले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा झरेको छ ।
आज दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अंकले घटेको छ ।
त्यस्तै, बैंकिङ ३७ दशमलव २४, विकास बैंक ८६ दशमलव १३, वित्त ३६ दशमलव ५२, जलविद्युत् २६ दशमलव ६३ र लगानी समूह एक दशमलव ०२ अंकले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ३४, लघुवित्त ३६ दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार तीन दशमलव ८७ र अन्य समूह २७ दशमलव ९९ अंकले घटेको छ ।
आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नबिल डिबेन्चर–२०८५ को मूल्य ६ दशमलव ८७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको १५ करोड २७ लाख ७९ हजार ७४ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख १८ हजार दुइ सय आठ कित्ता शेयर किनबेच भएको छ ।
















चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया