पारदर्शिताको कुरा गर्ने रास्वपाका ४ सांसदलाई खर्च सार्वजनिक नगरेकोमा जरिवाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ४ सांसद निर्वाचन आयोगको कारबाहीमा परेका छन् । पारदर्शिताको कुरा गरेर नथाक्ने रास्वपाका सांसदलाई निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकोमा १५÷१५ हजार जरिवाना गरेको हो ।
जरिवाना पर्नेमा काठमाडौँबाट प्रत्यक्षतर्फ रास्वपाबाट जितेका ४ सांसद् छन् । काठमाडौं ६ बाट विजयी भएर छोटो समय शिक्षा मन्त्री बनेका शिशिर खनालले खर्च विवरण सार्वजनिक नगरेर १५ हजार जरिवानामा परेका छन् ।
रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका विराजभक्त श्रेष्ठ पनि कारबाहीमा परेका छन् । उनी काठमाडौँको क्षेत्र नं ८ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै काठमाडौँ २ बाट निर्वाचित भएकी सोविता गौतम पनि कारबाहीमा परेकी छन् ।
त्यस्तै रास्वपाबाटै काठमाडौँ ७ बाट निर्वाचित गणेश पराजुली पनि १५ हजार तिर्नुपर्ने सूचीमा परेका छन् ।
आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भएर तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्न भनेको थियो ।
भनेको समयमा खर्च विवरण सार्वजनिक नगरेपछि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गराउन निर्देशन आयोगले दिएको थियो। त्यस समयमा सार्वजनिक नगरेपछि जरिवाना गरिएको हो ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया