नेपाल इन्भेष्टमेन्ट मेगा बैंक युरोमनि अवार्ड्स फर एक्सिलेन्स २०२३ बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड युरोमनि९अवार्ड्स फर एक्सिलेन्स २०२३ बाट सम्मानित भएको छ । बैंकले तेस्रो पटक यो अवार्ड पाएको हो । यस अघि नेपाल इन्भेष्टमेन्ट बैंकले यो अवार्ड पाएको हो ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । वर्षभरिको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैकिङ सेवा उपलब्ध गराएकै कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बैंकले जनाएको छ ।
युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष बैंकलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको बैंकले जनाएको छ ।
हाल बैंकको चुक्ता पूँजी ३४।१२ अर्ब रहेको छ । शेयरधनी कोष ५९।९५ अर्ब रहेको छ । हालसम्म बैंककले २९६ शाखा, २८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
















सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया