कोशी सरकार गठन विवादको फैसला बिहीबार आउने

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी विवादको फैसला सर्वोच्च अदालतको पूर्ण इजलाशले बिहीबार मात्रै गर्ने भएको छ ।
न्यायाधीहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा अन्तिम सुनुवाइ सकिए पनि फैसला लेखन र अध्ययन गर्न समय अपुग भएपछि बिहीबार फैसला सुनाउने गरि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेश सरकार गठन गैरसंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए । प्रदेश सभाका सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न गर्नु कानुनविपरीत भएको तक उनले रिटमा गरेका थिए ।
सभामुख गौतमले समेत हस्ताक्षर गरेर नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन भएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
कार्कीले दायर गरेको रिटमा सभामुखकोसमेत सहभागितामा सरकार गठन गरिनु संविधान विपरीत भएको दाबी गरिएको छ। रिटमा सरकार गठनको निर्णय बदर गर्न माग गरिएको छ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया