कांग्रेसको अर्को केन्द्रीय समिति बैठक असोज २ गते बस्ने
मेरोन्यूज
२०८० साउन १० गते १९:५४

काठमाडौँ । नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक आगामी असोज २ गते बस्ने भएको छ । साउन २ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक समाप्त भएको घोषणा गर्दै सभापति शेरबहादुर देउवाले अर्को बैठक असोज दुई गते बताएका हुन् ।
कांग्रेसले पार्टी केन्द्रीय समिति बैठक प्रत्येक २–२ महिनामा बस्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन नगरी देउवाले एक वर्षमा बैठक बसालेका थिए ।
अर्को बैठक भने दुई महिनामै बस्ने गरी असोज २ गते बोलाएका हुन् ।
कांग्रेसले मंसिर ११, १२ र १३ गते महासमिति बैठक बस्ने निर्णय पनि गरेको छ । नीति महाधिवेशनको सट्टा महासमिति बैठक बसाल्ने निर्णय गरेको हो ।
सम्बन्धित
















मुस्ताङमा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी
42 days to go for HoR elections: Complaints against nominations being investigated
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
Three people killed in separate accidents
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया