कोशीमा नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सभामुख बाबुराम गौतमको समर्थन असंवैधनिक भएको ठहर गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको हो ।
सर्वोच्चले सभामुख गौतमको समर्थनका आधारमा मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गर्दै नयाँ सरकार गठनको आदेश दिएको हो ।
सर्वोच्चले ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । नभए अर्को उपधारामा जान इजलासले भनेको छ ।
अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।
कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेश सभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।
प्रतिक्रिया