हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन

काठमाडौँ । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले वायु सेवा सञ्चालकको छाता संगठन वायु सेवा सञ्चालक संग नेपालले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ ।
संघले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा क्याप्टेन हिराबहादुर दाहाल, रवि कंसाकार र नारायणबहादुर डंगोल रहेका छन् । समितिले एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमा समेटिएका कमीकमजोरीलाई संघले विधि र प्रक्रियाबारे थप अध्ययन गरेर हवाई उद्योगलाई सुरक्षित बनाउनेतर्फ लाग्ने जनाएको छ ।
‘हवाई उड्डयनको वर्तमान अवस्था, चुनौति तथा असर सम्बन्धमा’ आज आयोजित कार्यशाला गोष्ठीको अवसरमा संघले समिति घोषणा गरेको हो । हवाई दुर्घटनाको कारण पत्ता लगाई हवाई सेवालाई सुरक्षित बनउन तथा हवाई दुर्घटना न्यूनीकरणका लागि राय सुझाव पेश गर्नेगरी समिति गठन गरिएको संघले उल्लेख गरेको छ ।
संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन गरिएको बताए । उनले हवाई दुर्घटना न्यूनीकरणका लागि संघ लागिपरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा यस कार्यलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरे ।
उनले प्राधिकरणले क्याप्टेनलाई मात्रै कारबाही गरेर हवाई सुरक्षा अभिवृद्धि हुँदैन भन्दै पर्वतीय उडान र स्वीङ उडान रोक्नुको कुनै अर्थ नरहेको जिकिर गरे । हेलिकोप्टरको हरेक उडानमा ‘इनरुट वेदर’को विषयमा सम्बन्धित निकायबाट प्रयाप्त मौसमसम्बन्धी जानकारी नपाउने गरेका कारण पनि दुर्घटनाको जोखिम निम्तने खतरा रहेको संघको भनाइ छ ।
हेलिकोप्टरले आफ्नै एजेन्ट गन्तव्यमा राख्नुपर्ने र सोही आधारमा उडान भर्नुपर्ने बाध्यता रहेको भन्दै संघले नियामकको ध्यानाकर्षण गराएको छ ।
















निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया