एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार पदम गिरीलाई पराजित गरेका हुन् ।
यसैगरी आईसीसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र विक्रम कार्की निर्वाचित भएका छन् ।
अनलाइन भोटिङमार्फत सम्पन्न निर्वाचनमा कृष्ण पन्ती, केशवराज कार्की, सन्दीप कुमार भट्टराई र नानु घले ब्लोन उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी युवा संयोजकमा सुवास बहादुर थापा, महासचिवमा रविन मगर, सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा बुद्धबहादुर पाण्डे र सहकोषाध्यक्षमा झविन्द्र आचार्य निर्वाचित हुँदा महिला संयोजकमा सुष्मा खतिवडा कटवाल निर्वाचित भएका छन् । यस्तै अर्का युवा संयोजकमा मेहेन्द्र सिंह तामाङ निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा इनुस मोसिन, इसिलाल पण्डित, झविन्द्र प्रसाद बेलबासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेमकुमार बस्नेत, बिनोद राना मगर, विष्णु सापकोटा, मो। अजाद मन्सुर, मो कौसर सब्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, रवीन कर्माचालर्य, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदीप पाठक र श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन् ।
यसैगरी लेखा समिति संयोजकमा कविन्द्र कडेल तथा सदस्यमा गिरीराज दुवाडी र विकास लामा निर्वाचित भएको निर्वाचन संयोजक क्रान्ति सिंहले जानकारी दिए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया