अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
मेरोन्यूज
२०८० साउन १३ गते १०:०९

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् ।
यसअघि आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो । पहिरोका कारण यस सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।
सम्बन्धित
















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया