सरकारसँग ओलीको प्रश्न- एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन्छ ?
सुन तस्करीमा सरकार आफूलाई बचाउने र अरुलाई फसाउने खेलमा लागेको छ

नेपालगन्ज । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीमा सरकार आफुलाई बचाउने र अरुलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन् । ओलीले सरकारको जानकारीबिना एयरपोर्टमा एक क्विन्टल सुन भित्रन सम्भव नभएको पनि बताए ।
बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण भेलाको सम्बोधन गर्दै शनिबार एमाले अध्यक्ष ओलीले ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टमा कसरी एक क्विन्टल सुन भित्रिन सम्भव हुन सक्छ भन्दै त्यहाँका मान्छे, मेसिन सुतेका बेला त्यो सुन भित्रिएको हो ? भनी प्रश्न पनि गरे ।
उनले सत्ताधारी दलले देश लुटिरहेको आरोपसमेत लगाए । गठबन्धनका नाममा सत्तारुढ दलले कुनै पनि सार्थक काम गर्न नसकेको ओलीको आरोप थियो ।
बेथिती, भ्रष्टाचार बढेकोले देशमा एमालेको विकल्प नभएको ओलीले बताए । ‘गठबन्धनका नाममा सबेले मिलीजुली देशलाई लुट्ने काम भइरहेको छ । अब एमालेको विकल्प छैन,’ अध्यक्ष ओलीले भने ।


















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया