शनिबार, फागुन ९, २०८२

कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त : बाबुराम भट्टराई

मेरोन्यूज २०८० साउन १४ गते ७:३७

काठमाडौं । नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्यावधि निर्वाचनको बिकल्प सुझाएका हुन् ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरे पछि गत शुक्रबार सर्वोच्च अदालतले उल्टाई दिएपछि कोशी सरकार निमार्ण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निमार्णमा गर्न संबैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्यावधिको पिकल्प सुझाएका हुन् ।

प्रतिक्रिया