संघीय शिक्षा ऐन मंगलबारको मन्त्रिपरिषद्ले पास गरेर संसद्मा पठाइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संघीय शिक्षा ऐन मन्त्रिपरिषद् बैठकले पास गरेर संसद्मा पठाउने बताएका छन् ।
समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएका थुप्रै कुरा सम्बोधन गर्ने तागत राख्ने दाबी गरे ।
लामो समयदेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष पनि मंगलबारसम्म नियुक्त हुने बताए ।
प्रधानमन्त्री दाहालले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको सरकार भएको बेला तयार भएको र पार्टीको बहुमत सदस्य यसलाई सार्वजनिक र कार्यान्वयन गर्न तयार भएपनि तत्कालीन प्रधानमन्त्री तयार नभएकाले पास हुने नसकेको उनको भनाइ थियो ।
दाहाल भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो । अहिले त्यो हराएको छ ।’ आफू प्रधानमन्त्री भएपछि लगातार त्यसको खोजी गरिरहेको भएपनि नभेटिएको दाहालले बताए ।
















अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया