प्रधानमन्त्रीले बिचौलिया, दलाल र माफिया परिचालन गर्छन् : डा. गोविन्द केसी

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले आफैँ बीचौलिया, दलाल र माफियाहरू परिचालन गर्ने गरेको आरोप लगाएका छन् । चिकित्सा शिक्षा सुधारका लागि लागिरहेका डा. केसीले सोमबार पत्रकार सम्मेलन गर्दै जनुसुकै पार्टीका प्रधानमन्त्री आए पनि माफियालाई सजिलो हुने गरी काम गर्ने गरेको बताए ।
पछिल्लो समय सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीचको विवादबारे डा. केसीले भने, ‘यी जनताका होइनन् कि माफियाका प्रधानमन्त्री हुन् ।’
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई प्रधानमन्त्री दाहालकै क्वाटरमा एक माफियाले जागिर खाइदिने धम्की दिएको भन्दै डा. केसीले बताए । उनले भने, ‘प्रधानमन्त्रीकै कोठामा बसेर त्यस्तो बोल्ने आँट तिनलाई किन आयो ? त्यो माफिया बोलेको होइन, स्वयं आयोगका अध्यक्ष प्रधानमन्त्री बोलेका हुन् । किनकि, प्रधानमन्त्रीहरु बिचौलिया, दलाल र माफियाहरू परिचालन गर्छन् ।’
यसअघिका प्रधामन्त्रीहरुले पनि मेडिकल माफियालाई सहज हुने गरी चिकित्सा शिक्षा ऐन संशोधन गर्ने प्रयास गरेको तर नसकेको उनको आरोप छ ।
डा. केसीले पछिल्लो समय चिकित्सा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको बताए ।
















शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
अटोपत्रकार संघ जामको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल र महासचिवमा श्रेष्ठ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया