डोजर तेर्स्याएर प्रधानमन्त्री निवासअगाडि निर्माण व्यवसायीको विरोध प्रदर्शन

काठमाडौं। निर्माण व्यवसायीहरूले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला भइ निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले ठोस कार्ययोजना बनाइ हाम्रा माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहन्छ । सम्झौता गरेका माग कार्यान्वयन हुनुपर्छ । सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्छ ।’
सिंहले नेपाल सरकारले बनाएका योजनाहरू ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भएपनि श्रोत नभएको योजनाहरूको म्याद थप गर्न लागेको बताए । सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भनेपनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने उनले बताए ।
सिंहले सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिए ।

















हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया