शनिबार, फागुन ९, २०८२

कोशी प्रदेशका सभामुख गौतमले दिए पदबाट राजीनामा

मेरोन्यूज २०८० साउन १६ गते १४:२०

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि विवादमा परेका गौतमले आज पदबाट राजीनामा दिएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो ।

सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण गौतमले सभामुख पद त्याग्ने निर्णय गरेका हुन् । गौतमले आफूले सभामुखबाट राजीनामा गरेको बताएका छन् ।

काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

गौतमलाई सरकार बनेपछि मन्त्री बनाउने आन्तरिक सहमति भएको बताइएको छ ।

प्रतिक्रिया