प्रस्तावित राजदूतमाथि परेका उजुरीमा छलफल नहुने

काठमाडौं । संसदीय सुनुवाई समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ ।
समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले विभिन्न ६ मुलुकका लागि प्रस्तावित राजदुतहरुबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो ।
उजुरी छलफल गर्ननै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा आम सहमति भएको समितिका सभापति ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
राजदुत सिफारिस समावेशी नभएको निष्कर्ष निकाल्दै बैठकले त्यस सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पनि बोलाउने निर्णय गरेको छ । भोलि (साउन १७) गते बस्ने बैठकमा त्यस सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्री साउदलाई बोलाउने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य कार्कीले बताए ।
सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदुत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरव इमिरेट्सका लागि राजदुतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदुतमा घनश्याम लम्साल, थाईल्याण्डका लागि धनबहादुर ओली र फ्रान्सका राजदुतमा सुधीर भट्टराईको नाम प्रस्ताव गरेको थियो ।
संसदीय सुनुवाई समितिले उनीहरुमाथिको सुनुवाई प्रक्रिया शुरु गर्नका लागि यस अघिको बैठकमा उजुरी आह्वानका लागि १० दिने सूचना जारी गरेको थियो । तर उजुरीमाथि छलफल नगर्ने भएपछि अव उनीहरुको सुनुवाईको प्रक्रिया समितिमा शुरु हुन्छ ।
संसदीय सुनुवाई समितिले प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।















लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया