माओवादी केन्द्रीय समिति बैठकमा कति हुन्छन् सहभागी ?
पदाधिकारी, केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी र आयोगमा रहेकाहरू सहभागी हुने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १३ महिनापछि बुधबारबाट सुरु हुँदैछ । बैठकमा ७ सय ५८ जना नेताहरु सहभागी हुने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बुधबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु हुने केन्द्री समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने भएका उनले बताए ।
केन्द्रीय कार्यालयका सचिव उपाध्यायका अनुसार बैठक बुधबार बिहान ११ बजे सुरु हुनेछ।
बैठकमा महासचिव देव गुरुङले बैठकका एजेन्डा प्रस्तुत गर्ने र त्यसपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ।
केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठक केही एजेन्डा तय गरिसकेको छ।
बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलाई पनि एजेन्डाका रुपमा तय गरेको छ।
माओवादीको केन्द्रीय समिति बैठक १३ महिनापछि बस्न लागेको हो। यसअघि माओवादीले २०७९ असार १९ गतेदेखि केन्द्रीय समिति बैठक राखेको थियो।
२०७८ पुसमा भएको महाधिवेशनपछि पहिलो पटक बसेको त्यस बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको थियो।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया