साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ ।
भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दाअन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । जिल्ला अदालतको मङ्गलबार थुनछेक आदेशअनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए ।
विसं २०८० असार २२ गते भोजपुर–१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधानसहित सातजना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए । छजना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए । प्रधकानका बुबा देवीप्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेकामाथि अनुसन्धान थालेको थियो ।
















नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया