माओवादीको पार्टी सदस्य कति ? प्रचण्ड भन्छन्- ७ लाख ५२ हजार ९५६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी सदस्य आधाले नविकरण नगरेको समाचार सार्वजनिक भईरहेका बेला नेकपा (माओवादी केन्द्र)ले आफनो पार्टीको सदस्यका बारेमा केन्द्रीय समिति बैठकमा जानकारी गराएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको बताएका हुन् ।
प्रचण्डले पार्टी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा माओवादीले कुन प्रदेशमा कति सदस्य छन् भन्ने विवरण समेत उल्लेख गरिएको माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।
उनका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।
त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौं उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया