कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीद्वारा शपथ समारोह बहिष्कार

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको पद तथा गोपनियताको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले बहिष्कार गरेका हुन् ।
‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ’ कार्की समारोहबाट बाहिरिने क्रममा भने, ‘म हिजोसम्मको मुख्यमन्त्री आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ, तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’
प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताए । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेको तर प्रदेश प्रमुख परशुराम खापुङले अस्वीकार गरेको कार्कीले बताए ।

















काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया