मासु उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई एक सय बाख्रा वितरण

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो ।
नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गरेका हुन् । उनले भने, “आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो नीति अघि सारेको हो ।”
नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताउनुभयो । “नगरपालिकाले कुनै सेवासुविधा प्रवाह गर्दा हामीलाई केही जानकारी दिँदैन, छ वर्षमा यसपालि एकै पटक दुईवटा बाख्रा पाए निकै खुसी छु”, महराले भने, “घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु । यसलाई दुईबाट चार बनाएर उचित मोलमा बिक्री गर्ने योजना छ ।”
गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नं ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नं ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो ।

















धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
सम्बोधनअघिको दबाबमा ट्रम्प
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया