जोगिन्दरको गाईजात्रा कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

काठमाडौं । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याईरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१ औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक गरेका छन् ।
हास्य कलाकारहरूले मनाउने ठूलो पर्वको रौनकता पछिल्लो समय कम भइरहेको सन्दर्भमा रिजालले भने निरन्तर गाईजात्राको कोसेली बजारमा ल्याउने गरेका छन् । “मेरो कलाकारिता यात्रामा गाईजात्राको ठूलो भूमिका छ । यसका लागि तयार गरिने सामग्री र प्रहसनले मलाई अगाडि बढाएको थियो । मैले हरेक वर्ष आफ्नो प्रहसन र प्यारोडी गीतसहितको प्रस्तुति ल्याउने गरेको छु”, हास्य कलाकार रिजालले भने ।
पहिले क्यासेटमा आउने सामग्री भिसिडी हुँदै अहिले युट्युबमा आउने गरेको छ । विशुद्ध मनोरञ्जन दिने उद्देश्यले तयार गरिएको ‘लुछाचुँडी’ मा देशमा सबैको चासो र चिन्ताको विषय रहेको भ्रष्टाचारलाई चिरफार गर्दै व्यङ्ग्य गरिएको उनले जानकारी दिए । उनलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् ।
प्रहसनमा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना ‘नक्कल ओली’, गोपाल नेपाल ‘नक्कली देउवा’, राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायतले अभिनय गरेका छन् ।
हास्यकलाकार रिजालले गाईजात्राको कोसेलीमार्फत व्यङ्ग्य गरेर चेतना बढाउने काम गरिएको बताए । उनले भने, “जनताको मत पाएको बन्नुभएका प्रतिनिधि र कर्मचारीले गरिरहनुभएको गलत कार्यलाई व्यङ्ग्य गरेको छु । यसले उहाँहरूलाई पनि आफ्नो गल्ती बुझ्न मद्दत गर्छ भन्ने हो । साथै, मनोरञ्जन यसमा भरपुर छ ।”


















यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया