एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० साउन २२ गते १०:३६

काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार ७३२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी कमल राज सापकोटाको नाममा रहेको शेयर बिक्रीमा रहेको हो ।
उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले दिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (साउन २२) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौंमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।
साथै, शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया