आइतबार, वैशाख ६, २०८३

कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

मेरोन्यूज २०८० साउन २६ गते १८:२३

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई अदालतले रिहा गर्न आदेश दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईब० लाई आदेश दिएको हो।

शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो।

शर्माकै जस्तो कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।

प्रतिक्रिया