आज यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरति (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आइतबार पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै बाँकी प्रदेशका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन पनि महाशाखाको अनुरोध छ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
एनपीएलमा जनकपुरको पहिलो जित
प्रतिक्रिया