काठमाडौँ, ललितपुर, भक्तपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम
मेरोन्यूज
२०८० साउन २७ गते १३:०४

काठमाडौं । आज (शनिबार) काठमाडौं उपत्यकाका तीनसहित चार जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन प्रभावित क्षेत्रका बासिन्दालाई बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम देखिएको हो।
महाशाखाले यी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।
यस्तै, आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवनमा पनि बाढीको जोखिम रहेको छ ।
यस्तै, महाशाखाले नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।
सम्बन्धित
















नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया