शनिबार, चैत २८, २०८२

तेस्रो दिन पनि १४.८१ अंकले बढ्यो नेप्से

मेरोन्यूज २०८० साउन २८ गते १५:२२

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४.८१ अंकले बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले आज पनि बढेर बन्द भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजा। कित्ता शेयर खरिदबिक्री भएका छन् ।

आजदेखि कारोबारमा आएका तीन स्टकमध्ये दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, घोराही सिमेन्ट्को २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ।

प्रतिक्रिया