शनिबार, चैत २८, २०८२

नेप्से परिसूचक ३.६१ अंक घटेर २०७७.२४ विन्दुमा झर्‍यो

मेरोन्यूज २०८० साउन २९ गते १५:३४

काठमाडौँ । नेप्से परिसूचक ३.६१ अंक घटेर २०७७.२४ विन्दुमा झरेको छ । पछिल्ला तीन कारोबार दिन निरन्तर उकालो लागेको नेप्से, सोमबार सामान्य अंकले घटेको हो । कारोबारको अधिकांश समय सकारात्मक रहेको बजार, अन्तिम समयमा सामान्य अंक घटेर बन्द भयो ।

Advertisement
nepal life insurencenepal life insurence

आज फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २७९ स्टकको ६८ हजार ८४२ पटकको कारोबारमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि आज दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

आज सिवाईसी लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सोल्टी होटलको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया