ब्रेक शुमा ल्याएको सुनको तौल ६० किलो ७८९ ग्राम
मेरोन्यूज
२०८० साउन २९ गते १८:१७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको जानकारी दिए ।
राजस्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ मा लुकाएर सुन ल्याएको पाइएको थियो ।
सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।
अब त्यो सुन यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिए ।
सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया