रोनाल्डो बिना अल नासर पराजित
मेरोन्यूज
२०८० साउन ३० गते ७:१७

काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा अल इत्तिफाकले अल नासरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
स्टेफेन जेरार्ड प्रशिक्षक रहेको अल इत्तिफाकले १-० गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल जितेको थियो । इत्तिफाकको जितमा रोबिन क्विसन र मोउसा डेम्बेलेले एक/एक गोल गरेका थिए ।
यसअघि खेलको चौथो मिनेटमा नै साडियो मानेले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए । मानेको अल नासरका लागि यो पहिलो गोल थियो । यस खेलमा अल नासरले क्रिस्टियानो रोनाल्डो, फोफाना सहितका प्रमुख खेलाडीलाई आराम दिएको थियो ।
अब अल नासरले अर्को खेल अगस्त १८ मा अल तावोउनविरुद्ध खेल्दै छ ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया