आइतबार, चैत १५, २०८२

नेयमार साउदी क्लब अल-हिलालमा अनुबन्धित, पारिश्रमिक कति ?

मेरोन्यूज २०८० साउन ३१ गते ९:५९

काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी अरेबियन क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बार्सिलोनाका पूर्वखेलाडी नेइमारलाई अल हिलालले ९० मिलियन युरोमा अनुबन्धित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् । अल हिलालले मंगलबार राति नेइमारलाई आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।

नेयमार हिलालसँग दुई वर्षको सम्झौता गरेका छन् । हिलालले नेयमारलाई वार्षिक १५० मिलियन डलर पारिश्रमिक दिने भएको छ ।

दुई वर्षमा नेयमारले अल हिलालबाट ३०० मिलियन डलर पारिश्रमिक पाउने छन् । उनले हिलालमा हरेक साता २.८८ मिलियन डलर कमाउने छन् ।

उनले यस अवधिमा अन्य कमर्सियल डिलबाट थप सय मिलियन डलर कमाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया