अनौपचारिक क्षेत्रका श्रमिकलाई समाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि समाजिक सुरक्षा कोष अभियान ब्रेक थ्रु भएको बताएका छन् ।
सामाजिक सुरक्षा कोष कार्यक्रमको काठमाडौंमा आयोजित कार्यक्रमको शुभारम्भ गदैं प्रधानमन्त्री प्रचण्डले कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतीमा रहेका श्रमिकहरुका लागि अभियान ‘ब्रेक थ्रु हुने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, –‘श्रमिकको पेशा र श्रमको सम्मान स्थापित गर्ने यो सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्कोतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधारहरू लुकेको हुन्छन्। ’
प्रधानमन्त्रीले सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनाका शुभारम्भ आफैँले गरेको स्मरण गदैं फेरि अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई समेत सामाजिक सुरक्षाको योजनाभित्र आबद्ध गराउने कार्यको शुभारम्भ गराउने घोषणा गर्न पाउँदा आफु गौरवान्वित महसुस भएको पनि बताए । उनले यो योजना अन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाख भन्दा बढी संख्याको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी बनाइने बताए ।
‘सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने एउटा मुख्य रणनीति हो । यही अवधारणाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा समाजका बिभिन्न तह र तप्काको सामाजिक सुरक्षाका लागि कैयन् अभियान सञ्चालनमा रहेका छन्त,’ प्रधानमन्त्रीले भने,–‘ सामाजिक सुरक्षालाई एकीकृत अवधारणा र ढाँचा अन्तर्गत समाहित गर्दै सघन अभियान सञ्चालन गर्न नसके यसको दीगोपना नहुने र यसबाट अपेक्षित प्रतिफल प्राप्त गर्न सकिँदैन । ’


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया