बुधबार, फागुन ६, २०८२

संसद्को गतिरोध खुलाउन ओलीलाई राष्ट्रपति पौडेलको आग्रह

मेरोन्यूज २०८० साउन ३१ गते १४:२८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न बुधबार शीतल निवास पुगेका ओलीलाई संसद्मा भइरहेको गतिरोध खुलान आग्रह गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले अध्यक्ष ओलीसँग करिब एक घन्टा भएको छलफलमा पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूका बीचमा विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव दिएको पोखरेलले बताए । ‘संसद् अवरुद्ध छ । त्यही खुलाउने विषयमा राष्ट्रपतिज्यूले चासो व्यक्त गर्नुभएको छ,’ पोखरेलले भने ।

सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै एमालेले तीन सातादेखि संघीय संसद् चल्न दिएको छैन । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिलाई भेटेर संसद् सञ्चालन विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया