तीन दिनदेखि घटेको नेप्से बढ्यो, कारोबार रकम बढेन

काठमाडौँ । तीन कारोबार दिन घटेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ। आज नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.०८ अंक, फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ इण्डेक्स ०.४७ अंक बढेका छन् ।
नेप्से बढे पनि बिहीबार कारोबार रकम भने घटेको छ। बुधबार १ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लिबर्टी इनर्जीको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने अप्पर सांगे हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रह्यो । सोल्टीको आज साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भयो । आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढ्या्े । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशत बढेको छ। अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक आज ०.२३ प्रतिशत घट्यो ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया