संखुवासभा कारागारमा दुई कैदीको मृत्यु कुटपिटबाट

विराटनगर । संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले बताएका छन् ।
अघिल्लो बुधबार कारागारबाट भाग्न खोजेका दुई जना कैदीको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
कुटपिटबाट संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु थियो । प्रकरणमा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययन पछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन्।
इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए।
‘पहिले कारागारभित्रै ज्यादै पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको र उनीहरूको मृत्यु भइसकेपछि बिहान बल्ल अस्पताल लगेको देखिएको छ’, उनले भने ।
भाग्न खोजेका बेला उनीहरूलाई कारागार सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए। त्यसपछि प्रहरी र कैदीहरू मिलेर ज्यानै जाने गरी कुटपिट गरेको देखिएको उनले बताए । उनीहरूको मृत्यु भएपछि मात्रै अस्पताल लगेको देखिएको उनको भनाइ छ ।
थापाले भाग्न खोज्ने कैदीहरूलाई पहिले प्रहरीले कुटपिट गरेपछि कारागारभित्र लगिएको र भित्र पनि कैदीहरूले कुटेको देखिएको बताए । उनीहरूमाथि रड, लाठी प्रहार भएको अधिकारकर्मीहरूले बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवनकुमार भट्टले संखुवासभा प्रकरण राज्यका निकायको गम्भीर लापरबाहीको नमूना भएको बताए।
‘राज्यका निकायहरूमा नागरिकको यो ढंगले ज्यान लिने कुरा ज्यादै गम्भीर छ’, उनले भने, ‘हामी चाँडै अनुगमन प्रतिवेदन सार्वजनिक गर्नेछौं।’
घटनामा संलग्न रहेको भन्दै पीडितका परिवारले किटानी जाहेरी दिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रहरी नियन्त्रणमा छन्। निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन्।
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया