अपरान्ह १२ बजेपछि दुर्गममा जहाज उडाउन नपाउने नियम हट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ । चालक दलले लिखित घोषणा गरे अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्न पाइने भएको छ ।
यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गरेर अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ । चालक दल र त्यसमा पनि पाइलट इन कमाण्ड पूर्ण रुपमा सन्तुष्ट नभएसम्म भने कुनै पनि उडानको अनुमति नदिने प्राधिकरणले बताएको छ ।
नेपालगञ्ज विमानस्थलबाट साना विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अब अनिवार्य रुपमा फ्लाइट अपरेशन अफिसर राख्नु पर्ने प्राधिकरणको नियममा उल्लेख छ ।
पहाडी भेगका विमानस्थल र सबै साना विमानस्थलको सञ्चालन समय पुनरावलोकन तथा इनरुट वेदर’बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया