अपरान्ह १२ बजेपछि दुर्गममा जहाज उडाउन नपाउने नियम हट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ । चालक दलले लिखित घोषणा गरे अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्न पाइने भएको छ ।
यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियमलाई खुकुलो बनाएको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गरेर अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ । चालक दल र त्यसमा पनि पाइलट इन कमाण्ड पूर्ण रुपमा सन्तुष्ट नभएसम्म भने कुनै पनि उडानको अनुमति नदिने प्राधिकरणले बताएको छ ।
नेपालगञ्ज विमानस्थलबाट साना विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अब अनिवार्य रुपमा फ्लाइट अपरेशन अफिसर राख्नु पर्ने प्राधिकरणको नियममा उल्लेख छ ।
पहाडी भेगका विमानस्थल र सबै साना विमानस्थलको सञ्चालन समय पुनरावलोकन तथा इनरुट वेदर’बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।










कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया