श्रमिकको न्यूनतम पारिश्रमिक १५ बाट बढाएर १७ हजार पुर्याइयो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १७ हजार पुर्याएको छ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको जनाएको हो।
यसअघिको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमा बढाएर मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको राजपत्रमा उल्लेख छ । आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो।
बढाएर दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुर्याइएको छ । आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगाइएको छ ।
मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने भनेको छ।


















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया