श्रमिकको न्यूनतम पारिश्रमिक १५ बाट बढाएर १७ हजार पुर्याइयो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १७ हजार पुर्याएको छ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको जनाएको हो।
यसअघिको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमा बढाएर मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको राजपत्रमा उल्लेख छ । आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो।
बढाएर दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुर्याइएको छ । आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगाइएको छ ।
मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने भनेको छ।


प्रतिक्रिया