झापामा फुटबल हेर्न गएको बेला मजदुरको हत्या, दुई जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–८ मुनियाँ टोलका ज्याला मजदुरी गर्ने ३५ वर्षीय सुन्दर किसानको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।
गत बुधबार साँझ हराएका सुन्दरको शव बिहीबार बिहान घर नजिकैको खोल्सीमा झारले छोपेको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो ।
अभियुक्तद्वयले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए। प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कत्र्तव्यज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट धारिलो फलामको सिकल र खन्ती प्रहरीले बरामद गरेको छ ।
घटना भएको दिन सुन्दर साँझपख नजिकैको विद्योदय आधारभूत विद्यालयमा फुटबल हेर्न भनी घरबाट निस्केका थिए । घर फर्किनुअघि अभियुक्तहरुले नियन्त्रणमा लिएर सुन्दरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया