पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गरेका २ जना पक्राउ

सर्लाही । २ थान हतियार (पेस्तोल र कटुवा पेस्तोल)सहित सशस्त्र प्रहरीले सर्लाहीमा २ जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरबाट खटिएको टोलीले पेस्तोल र कटुवा पेस्तोलसहित शनिबार राति २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका–६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनीहरको साथमा पेस्तोल र कटुवा पेस्तोल भेटिएको हो।
सशस्त्र प्रहरीले उनीहरुको साथबाट उनिहरुको साथबाट ७।६५ मीमी पेस्तोल १ थान, म्यागेजिन १ थान र सोको गोली १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोली बरामद भएको जनाएको छ।
यस्तै, भारतीय रुपैयाँ ११ हजार ६८० नगदसहित भारतीय बैंकका एटिएम कार्ड समेत बरामद भएका प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई बरामद हतियार तथा मोटरसाइकलसहित शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया