प्रधानमन्त्रीले बोलाएको ७ दलको बैठकमा भएन सहमति

काठमाडौं । संघीय सदन अन्तर्गतका दुई सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सहमति हुन सकेन ।
सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष सकिएको हो ।
१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाले संसद्मा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका थिए ।
सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जानकारी दिए ।
उनले अघि भने, ‘एकदम नजिक पुगेको हुनाले एउटा बैठकले टुंगोमा पु¥याउने र सदन जसरी पनि सञ्चालन गर्ने कुराकानी भएको छ ।’
स्रोतका अनुसार आजको संसदको बैठक सूचना टाँसेर स्थगित गर्ने तयारी भएको छ ।
रास्वपा सभापति लामिछानेका अनुसार आजको प्रतिनिधि सभा बैठक भने स्थगित हुने सम्भावना छ। सोमबार अपराह्न ४ बजे सर्वदलीय बैठक राख्ने तयारी छ।

















आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
आजकाे माैसम: उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात
आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
प्रतिक्रिया